जुम्ला। यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
मङ्गलबार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर उनी घाइते भएकी थिइन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।