अर्घाखाँची। शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्री रहेको छन्।
बुधबार बिहान आरनमा भाडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुको आक्रमणबाट उनको मृत्यु भएको हो।