काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी-ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न माग गरेका छन्।
काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका हुन्।
पूर्व कप्तान खड्काले नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले आफुलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस खेलमा समर्पित सम्पुर्ण सरोकारवालाको विश्वासलाई सो घटनाले चोट पुर्याएको बताएका छन्।
