काठमाडौँ । नेपाल टी–२० लिगको आजका खेल हुनेमा अन्योल भएको छ । बिहान ९ बजे सुरु हुने तालिका रहेको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल नहुने स्थितिमा पुगेको हो ।
बिहान साढे ८ बजे टस हुने तालिका रहेकोमा अहिलेसम्म खेलको टससमेत हुन सकेको छैन । टसका लागि दुवै टिमका खेलाडीले टिमको लिस्ट लिन अस्वीकार गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक टोलीले लिस्ट बुझाउँन जाँदा खेलाडीले टिमको लिस्ट बुझ्न अस्वीकार गरेका हुन् ।
आन्तरिक विषयका कारण खेलाडीले लिस्ट बुझ्न नमानेको क्यानले जनाएको छ । तर, लिगमा सहभागी ६ मध्ये चार टिमका खेलाडीले अहिलेसम्म कुनै पारिश्रमिक नपाउँदा समस्या देखिएको हो ।
लिगअन्तर्गतका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि काठमाडौं, विराटनगर, जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले कुनै पारिश्रमिक पाएका छैनन् ।