काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार तेस्रो जित निकालेको छ।
सोमबार भएको पहिलो खेलमा काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले लगातार तेस्रो जित निकालेको हो। पोखराले आफ्नो छैटौँ र सातौँ खेलमा क्रमशः फार वेस्ट युनाइटेड र लुम्बिनी अल स्टार्सलाई हराएको थियो।
आफ्नो आठौँ खेलमा काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गमाएर पूरा गर्यो।
उसका लागि सुमित महर्जनले ७६, कप्तान उपुल थरंगाले ५८, कुशल मल्लले नटआउट १४ रन बनाए। काठमाडौंका लागि बलिङमा कमल ऐरीले तीन, अनिल खरेल र अविनाश बोहराले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो। उसका लागि एलेक्स ब्लेकले ६४, सुनम गौतमले ४५, वीरदीप सिंहले ३२ र रयान बर्लले अविजित १० रन बनाए।
पोखराका लागि तुलबहादुर थापाले दुई, कुशल मल्ल र प्रतिश जीसीले एक–एक विकेट लिए।
आजको जितसँगै पोखरा एभेन्जर्स ६ अंकका साथ तालिको चौथो स्थानमा कायमै रहेको छ। जारी प्रतियोगितामा उसले ८ खेल खेल्दा पाँचमा हार र तीन खेलमा जित निकालेको छ।
काठमाडौं नाइट्स ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। उसले अहिलेसम्म ६ खेलमा तीनमा जित र तीन म्याचमा हार बेहोरेको छ।