काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई तत्काल त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।
अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको थियो। साथै, नो रेमिट्यान्स अभियान नै सञ्चालन गरिएको थियो।
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ। सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो।