काठमाडौं। गृह मन्त्रालयले सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई नेता र कूटनीतिज्ञहरूसँग भेट्न प्रतिबन्ध लगाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयले बिहीवार एक सूचना जारी गर्दैै नियमित कामको सिलसिलामा बाहेक अन्य समयमा नेता र कूटनीतिज्ञहरूसँग भेट्न सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई प्रतिबन्ध लगाएको हो।
भेट्नै पर्ने परिस्थितिमा कारण खुलाई स्वीकृति लिएर मात्र भेट्न निर्देशन दिइएको छ।
निर्देशनविपरीत काम गरे कारवाही गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
यसअघि लामिछानेले निर्देशिकाविपरीत सहयोगीका रूपमा राखिएका सुरक्षाकर्मीहरू फिर्ता गर्न दिएको निर्देशनले चर्चा पाएको थियो त्यसपछि उनी बुधबार राहदानी विभागको अनुगमन गरेका थिए।
