काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन्। बुधवार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गर्नुका साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिए।
हाल सेवाग्राहीले राहदानीका लागि घण्टौ लाइन लाग्नुपर्ने बाध्यता छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्युतीय राहदानीलगायत सेवा प्रवाह सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरेको थियो।
उक्त निर्णय कार्यान्वयनका लागि लामिछानेले राहदानी विभागको अनुगमन गरेका हुन्। उनको सचिवालयका अनुसार लामिछाने राहदानीका लागि घण्टौ लाइन लाग्नुपर्ने बाध्यताको छिट्टै अन्त्य गर्ने योजनाका साग अघि बढिरहेका छन्।