पोखरा । नेपालमा मैत्रीपूर्ण खेल खेल्न आएको स्पेनिस टोली कासेरेन्योले गण्डकी– ११ लाई पराजित गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा कासेरेन्योले गण्डकी ११ माथि ३–० को जित निकालेको हो।कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक–एक गोल गरे ।
नेपाली र स्पेनिस आबद्ध लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा स्पेनको बी डिभिजन क्लबमध्येको राम्रो मानिने टिम कासेरेन्यो मंगलबार नेपाल आएको थियो । यो टिमले बिहीबार काठमाडौं– ११ सँग दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
कोपा डेल रेअन्तर्गत रियल मेड्रिडसँग आगामी जनवरी ३ मा हुने खेलको तयारीस्वरुप खेल्न स्पेनिस टिम नेपाल आएको हो ।