काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । लामाले बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।
लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे ।वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।