सप्तरी । आगलागी हुँदा वृद्धको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन्।
घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको हो।
हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन्।
मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याइएको छ।