काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन्।
पूर्वप्रधानमन्त्री देउवा परिवारसहित बुधबार बालुवाटारबाट धुम्बाराहीस्थित एक भाडाको निजी घरमा सरेका हुन्। उनी बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सरेका हुन्।
उनको घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी उक्त भाडाको घरमा बस्नेछन्।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्दैछन्।
प्रचण्ड बालुवाटारकै ज्योतिष घिमिरेसँग साइत हेराएर आज बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने बताइएको छ।