काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन्।
बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन्।
रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन्।
अब उक्त पार्टीको सरकारमा सहभागिता विषयमा निर्णय गर्न राजनीतिक समितिको बैठक पुस १८–१९ मा बस्नेछ।