काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्।
ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। अहिले उनीहरुबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल भइरहेको छ।
ओली दुई वर्षपछि खुमलटार पुगेका हुन्। यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए।
खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि आउने बताइएको छ। त्यसपछि प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता हुनेछ।
यसअघि बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
सम्बन्धित समाचारः हात्तिबनमा प्रचण्ड र माधव नेपालबीच के–के भयो कुराकानी ?