काठमाडौं। सत्ता गठबन्धनमा आवद्व दलहरूका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास खुमलटारमा बस्दैछ।
बैठक केहीबेरमा बस्ने बैठकमा शक्ति बाँडफाँड, सरकारमा सहभागी हुने मन्त्री तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूको उपस्थिति हुने बताइएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस २५ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेकी छन्।संसद् अधिवेशन अघि नै मन्त्री मण्डललाई पूर्णता दिने तयारी सत्ता गठबन्धन आवद्व दलहरूको छ।
यसअघि बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले हात्तिवनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष यादवसँग भेटवार्ता गरेका थिए। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको छ।