हेटौँडा। बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ।
कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ। तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुन्।
संसदीय दलको नेताको निर्वाचनका लागि मतदान बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म हुनेछ।
२५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हावी रहेको छ।
कांग्रेस केन्द्रीय सदस्य तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) बाट र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित भएका हुन्।