धनुषा। जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदा रहेका छन्।
उनी बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका थिए। सो क्रममा बैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको रेलले सदालाई कुल्चिएको थियो।
सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ।