काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।
मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेटेर राष्ट्रिय एकता अभियानका संयोजक गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आफूहरुलाई थाहा नै नदिइकन प्रचण्ड सरकारमा सहभागी भएको भन्दै उनको यो व्यवहारबाट दुःखी भएको गुनासो गरेका थिए ।
गौतमले भने यसमा प्रचण्डको गल्ती भएको भन्दै अब फूलमाला लगाएर माधव नेपाललाई सरकारमा लैजानुपर्ने बताए ।