पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमवार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ पुस १८ गते सोमवार दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ ।
