काठमाडौं। मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्।
मंगलवार संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बनमा परेको जानकारी दिएको छ।
गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उक्त मुद्दाको किनारा नलागेसम्मका लागि निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
योसँगै उनी प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन्। तर, उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए।
