काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी हुन्।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १६९ सांसदको समर्थन रहेको छ।