काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पारेको छ।
तेस्रो हात पोर्न क्रममा उसले मंगलबार पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। आफ्नो तेस्रो खेलमा पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा सात विकेट गुमाएर पूरा गर्यो।
उसका लागि कुशल भुर्तेलले ३९, शाड्ले भ्यान शाल्कविकले अविजित ३१, उन्मुक्त चन्दले २२, अनिल साहले १९ र गुल्शन झाले १० रन बनाए।
लुम्बिनीका लागि कुशल मल्ल, विपिन खत्रीले दुई/दुई, जाहिर खान, अभिमन्यू मिथुन र प्रतिश जिसीले एक÷एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो।
उसका लागि युवा अलराउन्डर कुशल मल्लले उत्कृष्ट पारी खेल्दै ६१ रन बनाए। कुशलले २४ बलमा अर्धशतक पूरा गरेका थिए।
त्यस्तै, उपुल थरंगाले ४२ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
लुम्बिनीका लागि शेड्ले भ्यान शाल्कविकले तीन, गुल्शन झा, किशोर महतोले दुई/दुई, सागर ढकाल र हरमित सिंहले एक÷एक विकेट लिए।
लुम्बिनी तीन खेलबाट ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। उसले पहिलोमा फारवेस्ट युनाइटेडलाई ६७ तथा दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो।
अंकविहीन रहेको पोखरा तालिकाको पुछारमा रहेको छ। ऊ पहिलोमा खेलमा काठमाडौं नाइट्स र दोस्रो म्याचमा जनकपुर रोयल्ससँग पाराजित भएको थियो।