काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार सिफारिस गरेका हुन्।
कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन्। पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ।
माओवादीसँग निकट रहेर लामो समयदेखि सक्रिय पोखरेलले पहिलो पटक सरकारको तर्फबाट महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन्। पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको भूमिकामा थिए ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा महान्यायाधिवक्त खम्म खाँतीले सोमबार पदबाट राजीनामा दिएका थिए।