काठमाडौँ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक सम्पन्न भएको छ । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै राहदानी लिन घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हटाउने,संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राहदानी वितरणमा छरितो गर्नेलगायतका १० वटा निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी छन्।