काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो।
६:३० बजे बस्ने भनिएको बैठक केही ढिलो गरी शुरु भएको हो । आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ खाएका थिए ।
शपथसँगै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि सिंहदरवार पुगेर पदभार ग्रहण गरेका थिए । त्यसको केही बेरमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी छन्।