काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो तेस्रो कार्यकाल हो ।सोमबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । यससँगै पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।