काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् ।
रविले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’