काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीको पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शपथ लिएपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा लामिछानेले उपप्रधान तथा गृह मन्त्रीको पदभार ग्रहण गरेका हुन्।
नवनियुक्त गृहमन्त्री लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहण गर्दै उनले शान्ति सुव्यवस्था कायम राख्नु प्राथमिकता रहने बताए । उनले संगठनको मनोबल उच्च राख्ने, विधिको शासन कायम राख्ने प्रतिवद्धता जनाए।
उनले नागरिकका लागि बढी काम गर्नुपर्ने मन्त्रालय भएर गृह मन्त्रालय रोजेको बताए। उनले आफ्नो नागरिकता र पासपोर्टबारे निष्पक्ष छानविन गर्न दिने बताए।
उनले सरकारमा पनि प्रतिपक्षको भूमिका खेल्ने बताए।