काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने भएको छ।
कार्यभार ग्रहण गरेलगत्तै आज साँझ साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीसहित अरू मन्त्री गरी आठजनाले आज शपथ लिएका छन्।