काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेका छन्।
मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूलो दल बने पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न नसकेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ।
राष्ट्रपति भवन शितल निवासमा आज आयोजित शपथ ग्रहण समारोहमा उपस्थित भएका देउवा धेरै समय भने राष्ट्रपति भवनमा बसेनन्।
जब प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ ग्रहण गरे, त्यसपछि देउवाले प्रचण्डई बधाइ ज्ञापन गरे र प्रधानमन्त्री बस्ने कुर्सी खाली गरिदिए।
त्यसपछि उनी राष्ट्रपति भवनबाट बाहिरिए। उनी नेकपा (माओवादी केन्द्र) लगायतको सहयोगमा २०७८ असार २९ गते प्रधानमन्त्री बनेका थिए।
२०७८ असार २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिँदा केपी ओली गएका थिएनन्। त्यस्तै, २०६६ जेठमा सालमा माधव नेपालले सपथ लिँदा समेत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिएनन्।
सामान्यत, आउँदै गरेको प्रधानमन्त्रीलाई जाँदै गरेको प्रधानमन्त्रीले आफ्नो कुर्सी छोड्ने गरिन्छ।