काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन्।
सोमबार राष्ट्रपति भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन्।
शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड, ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी छन्।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थ, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रीको शपथ लिएका छन्।

त्यस्तै, एमालेका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन्। तर, उनीहरुको मन्त्रालय भने तोकिएको छैन।

सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।
प्रचण्डलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन गरेका छन्।