काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शपथ लिनका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
सेतो दौरासुरुवाल लगाएर प्रचण्ड शीतल निवासमा पुगेका हुन्। राष्ट्रपति कार्यालयमा अहिले शपथ ग्रहणको तयारी भइरहेको छ।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए।