काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योगमन्त्री बन्ने भएका छन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन्।
सत्ता गठबन्धनको बैठकपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ। जसमा उपाध्यक्ष अब्दुल खान जानुहुनेछ।’
समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ३६ वर्षीय खान बर्दियाको गुलरिया निवासी हुन्।
प्रतिनिधिसभा चुनावमा जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको छ।