सुर्खेत। कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज सोमबार शपथ खुवाएका हुन्। ज्येष्ठ सदस्यको हैसियतमा शाहलाई प्रदेश प्रमुखले शपथ खुवाएका हुन्।
शाह दैलेख– २ प्रदेश सभा (ख) बाट निर्वाचित भएका हुन्र शाहले शपथ लिइसकेपछि अरु सांसदहरूलाई शपथ खुवाउनेछन्।
प्रदेश सभा सचिवालयकाअनुसार आजै ३ बजे सांसदहरुलाई शपथ खुवाउने तयारी छ।