काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्।
देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्।आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ।
प्रचण्डको शपथअघि नै देउवा त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा छन्। अहिले देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ।