काठमाडौँ । काभा यू–२३ पुरुष भलिबल सेमिफाइलनमा बंगलादेशसँग पराजित नेपालले आज श्रीलंकासँग कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दै छ ।
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपाल आयोजक टोलीसँग खराब प्रदर्शन गर्दा फाइनल पुग्नबाट वञ्चित भयो । नेपालले कुनै पनि समय बंगलादेशमाथि दबाब सिर्जना गर्न सकेन ।
बंगलादेशले पहिलो सेट २५–१५ ले सहजै जित्यो । दोस्रो सेटमा फर्कने प्रयास गरेको नेपालले २५–२२ ले सेट गुमाउन पुग्यो । तेस्रो सेटमा पनि खराब प्रदर्शन गरेपछि नेपाल २५–१३ ले हारेको थियो । अब नेपालले तेस्रो स्थानका लागि सोमबार श्रीलंकासँग खेल्नेछ । यस खेलको विजेताले कांस्य पदक प्राप्त गर्नेछ । यसैगरी, स्वर्ण पदकका लागि बंगलादेश र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रशिक्षक जगदीश भट्टले दबाबमा खेल्दा फाइनल पुग्न असफल भएको बताए ।शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३–२ सेटमा पराजित भएको थियो । भट्टको प्रशिक्षणमा बिहीबार नेपाल आयोजक बंगलादेश र शुक्रबार श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।