काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै माओवादी पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरूबीच छलफल सुरु भएको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकले सरकारमा पठाउने मन्त्रीका विषयमा समेत निर्णय गर्न सक्ने जानकारी दिइएको छ।नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूको समर्थनमा माओवादी अध्यक्ष दाहाल मुलुकको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।