गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । आज बसेको एमाले बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
पुर्व गृहमन्त्री समेत रहेका अधिकारीलाई एमालेले चुनावका बेला गण्डकीको भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो ।
उनी कास्की १ (क) बाट गठबन्धनका साझा उम्मेदवार माओवादीका दिपक कोइरालालाई पछि पार्दै विजयी भएका थिए ।