काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने ७ दलको प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ। राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले १६६ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको बताए।
नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गरिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्।
प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ।