काठमाडौं। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो। आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ।
प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको बताइएको छ।
१६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ। प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ। माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ।