काठमाडौं। सत्ता गठबन्धन अन्तत टुटेको छ। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि गठबन्धन टुटेको हो।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको औपचारिक जानकारी दिएका छन्।
बालुवाटारमा गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएको बताए।
बैठकको बीचमै बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट हिँडेका थिए। अहिले ओली निवासमा ४ दलको बैठक बसिरहेको छ।
बैठकपछि पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो। गठबन्धन कायम राख्नुपर्थ्यो। अब हाम्रो हातमा केही बाँकी रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो। अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो।’