काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्। बैठकमा कुनै सहमति नभएको बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।
बालुवाटारबाट निस्किएका प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट हिँडेका छन्।
माओवादीले प्रधानमन्त्रीमा दाबी गरिरहँदा कांग्रेसले पनि यसमा अडान छोडेको छैन।