काठमाडौं। बालुवाटारमा बसेको सत्ता गठबन्धनको निर्णायक बैठक विनानिष्कर्ष सकिएको छ।
बैठकमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगो लगाउने विषयमा छलफल भएको थियो। तर, उक्त विषयमा कुनै सहमति हुन सकेन।
बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि सहमति हुन सकेन।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। तर, दलहरुले अझैं सहमति जुटाउन सकेका छैनन्।