बारा। जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका–२ का २२ वर्षीय बृज सहनी रहेको बारा प्रहरीले जनाएको हो।
खैरो, पहेँलो रङ्ग जस्तो देखिने बस्तुमा चिम छुआउँदा बल्ने गरेको अमूल्य बस्तुको खरिद बिक्री भई रहेको सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण हेडक्वाटर बारा र नेपाल अनुसन्धान ब्युरोको सहयोगमा होटेलबाट शनिबार साँझ युरेनियमसहित तीनै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए।
पक्राउ गरिएको तीनै जनालाई आवश्यक कारबाही र अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।