काठमाडौं। सत्ता गठबन्धनको निर्णायक बैठक अहिले बालुवाटारमा जारी छ।
बैठकमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन्।