काठमाडौँ । बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।
७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत उनले जोडेका थिए । २ छोरा र १ छोरी रहेका बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका खुलासमेत गरेका थिए ।