महेन्द्रनगर (धनुषा) । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। उनी शुक्रबार यहाँ आइपुगेका थिए।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो। सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।
शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए। पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै थिइन्।