काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।
आइतबार पुनः बैठक बस्ने गरी शनिबार साँझको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ । उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुसँग आह्वान गरेको समय आइतबार साँझ सम्मलाई छ ।