काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो गरेकाले उनको प्रधानमन्त्री हुने चाहना पूरा नहुने दावी गरेका छन् ।
एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको शनिबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उजले सो कुरा बताएका हुन् ।
सरकार गठनको कसरत चलिरहँदा प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दौडधुप गरिरहेका बेला अध्यक्ष ओलीको यो पछिल्लो भनाइ आएको हो । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो देखिको बताए ।
अरुले पनि समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावनामा जाने उनको बुझाइ छ । अध्यक्ष दाहालले समयमा कदम नचालेको उनको टिप्पणी छ । स्वार्थका टकरावका कारण समयमै सरकार बन्न नसकिरहेको उनले बताए । अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको आरोप लगाए ।