वीरगन्ज। पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईको ९९ औं जन्म–जयन्तीको अवसरमा शुक्रबार वीरगन्जमा दिप प्रज्वलन गरिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ ) पर्साको आयोजनामा शुक्रबार साँझ घणटघर चोकमा दिप प्रज्वलन गरिएको छ।
देशमा भएका विभिन्न आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका सन्त नेताका रुपमा समेत परिचित भट्टराई पर्साको क्षेत्रन १ बाट २०५६ सालमा चुनाव जितेर देशको प्रधानमन्त्री समेत बनेका थिए।
दिप प्रज्वलन कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहबुद्धिन, युवा नेता कन्चन झा, काँग्रेसका महानगर सह–सचीव दिपक साह, जलेश्वर सर्राफ, बाल्मिकि यादव, नेविसंघका पर्सा अध्यक्ष ईन्जिनियर रमेश यादव, फिरोज मंसुर, साविर हुसैन, राजाबाबु चौरसिया लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो।